close

नेपाल र श्रीलंकाबीचको खेल चलिरहँदा इन्टरनेट खपत दोब्बर

टेकपाना टेकपाना

असोज १९, २०७८ ११:७

नेपाल र श्रीलंकाबीचको खेल चलिरहँदा इन्टरनेट खपत दोब्बर

काठमाडौं । माल्दिभ्समा साफ च्याम्पियनसिप २०२१ आयोजना भइरहेको छ । जसमा सोमबार राति नेपालले श्रीलंकासँग आफ्नो दोस्रो खेल खेलेको थियो । सो खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो ।

२२ वर्ष पछि पहिलो पटक श्रीलंकालाई पराजित गरेको यो खेल नेपालमा धेरैले अनलाइनबाटै हेरेका छन् । जसको प्रभाव नेपालको इन्टरनेटमा देखिएको छ । नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार सोमबार राती नेपाल र श्रीलंकाको खेल चलिरहँदा इन्टरनेटको खपत दोब्बर भन्दा बढीले बढेको थियो ।

सोमबार राति इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४६.५५५ गिगाबाइट पुगेको थियो । जुन नेपालको इन्टरनेट इतिहासमा यती धेरै इन्टरनेट खपत भएको यो दोस्रो पटक हो । सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ देखि १५ जीबी हुने गर्छ । तर, खेल चलिरहँदा ट्राफिक उच्च भएको एनपीआईएक्सले जनाएको छ ।

यसअघि फुटबल खेलकै क्रममा गएको असार १५ गते नेपालको आन्तरिक इन्टरनेट ट्राफिकले आजसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको थियो । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विट्जरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच ।

उक्त दिन आन्तरिक इन्टरनेट ट्राफिक ४९‍‍.८८९ जीबी पुगेको थियो । जुन नेपालको इन्टरनेट इतिहासमा हालसम्मकै उच्च हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५