close

ग्यापुको दशैं तिहार अफर, ८० प्रतिशत छुटका साथै अप्रिलिया स्कुटर जित्ने अवसर

टेकपाना टेकपाना

असोज १९, २०७८ १३:३४

ग्यापुको दशैं तिहार अफर, ८० प्रतिशत छुटका साथै अप्रिलिया स्कुटर जित्ने अवसर

काठमाडौं । ग्यापुले दशैं तिहारको अवसर पारेर अनलाइन इ–कमर्स प्ल्याटफर्म ग्यापुले नयाँ अफर सञ्चालनमा ल्याएको छ । शुक्रबार देखि सुरु भएको यो अफरमा ग्यापुमार्फत सामान खरिद गर्ने ग्राहकले बम्पर उपहारमा अप्रिलिया स्कुटर जित्नेछन् ।

यसका साथै ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकले ८० प्रतिशत सम्म छुट प्राप्त गर्ने जनाइएको छ । यो छुट विद्युतीय सामाग्री, मोबाइल ग्याजेट, कपडालगायत सम्पूर्ण क्याटगोरीका सामाग्रीहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५ सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै एनसीसी बैंकको डेभिड/क्रेडिट/एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्ने जनाइएको छ । ई-सेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिशत क्यास ब्याक पाउने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५