close

आईएमएस स्मार्टको ‘सामसङ फेस्टिभ अफर’, मोबाइल किन्दा आधा मूल्य बराबरको गिफ्ट उपहार

टेकपाना टेकपाना

असोज १९, २०७८ १५:४८

आईएमएस स्मार्टको ‘सामसङ फेस्टिभ अफर’, मोबाइल किन्दा आधा मूल्य बराबरको गिफ्ट उपहार

काठमाडौं । आईएमएस स्मार्टले दशैं र तिहारलाई लक्षित गर्दै सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्फत सामसका सामान खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरको गिफ्ट भाउचर प्राप्त गर्नेछन् ।

यस योजनामा अन्तर्गत ९ जना विजेता छनोट हुनेछन् । त्यसका लागि ग्राहकले सामसङको आधिकारिक सोरुम आईएमएस एसमार्टमार्फत सामान खरिद गर्नुपर्ने हुन्छ । त्यसरी स्मार्टफोन खरिद गर्ने ग्राहकलाई एसमार्टमै लाइभ लक्की ड्र मा सहभागी गराइने कम्पनीले जनाएको छ ।

आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउने जनाएको छ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।

साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५