close

आठ सय ९९ रुपैयाँमै डिशहोमको सय एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

असोज १९, २०७८ १६:२३

आठ सय ९९ रुपैयाँमै डिशहोमको सय एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै ‘दिमाग हल्लिने अफर’ घोषणा गरेको छ । यस अफर अन्तर्गत ग्राहकले मासिक आठ सय ९९ रुपैयाँमा सय एमबीपीएस इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

साथै त्यसमा फाइभजी डुअल ब्याण्ड राउटर समेत उपलब्ध हुनेछ । यसका साथै सय एमबिपिएस इन्टरनेट जडान गर्ने ग्राहकमध्ये चारजना ग्राहकले स्पेन घुम्ने अवसर प्राप्त गर्नेछन् ।

असोज ११ गतेदेखि सुरु भएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चारजना ग्राहक स्पेन घुम्न जान पाउने कम्पनीले जनाएको छ ।

विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५