close

दशैंमा खेती भेन्चरबाट सामान खरिद गर्दा ५७ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज १९, २०७८ १७:९

दशैंमा खेती भेन्चरबाट सामान खरिद गर्दा ५७ प्रतिशतसम्म छुट

काठमाडौं । दशैंलाई लक्षित गर्दै खेती भेन्चरले ‘दशैं धमाका’ अफर सञ्चालनमा ल्याएको छ । अफर अन्तर्गत ‘महा दक्षिणा’ स्वरूप ‘खेती फुड’ र ‘खेती फार्म’ मार्फत सामान खरिद गर्दा ग्राहकले ५७ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् । 

साथै खेती फार्मको मोबाइल एप र सामाजिक सञ्जाल मार्फत यो अफर अवधिभर कृषकले निः शुल्क परामर्श सेवा समेत लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार असोज १ बाट सुरु भएको यो अफर असोज मसान्त सम्म चल्ने छ ।

कम्पनीका अनुसार नियमित छुटका साथै प्याकेजमा खरिद गर्दा नगद छुटको पनि व्यवस्था रहेको छ । खेती फार्म प्रयोग गर्ने उपभोक्ताले बिउबिजन, मलहरू तथा भर्टिकल मिनी टिलरमा १० हजारसम्म विशेष छुट प्राप्त गर्नेछन् ।

त्यस्तै दशैं धमाका अन्तर्गत खेतीबाट कुनै पनि समानको खरिदमा ५ प्रतिशतदेखि ५७ प्रतिशतसम्मको छुट प्राप्त गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५