close

भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् फिचर

टेकपाना टेकपाना

असोज १९, २०७८ २०:५०

भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । चिनियाँ ब्राण्ड भीभोले नयाँ स्मार्टफोन भिभो वाई २१ नेपाली बजारमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । सुपर स्लिम बडि भएको फोनमा ५००० एम्एएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जर उपलब्ध रहेको छ ।

पर्याप्त ब्याट्री क्षमता यो फोन सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकका लागि एकदमै उपयोगी हुने कम्पनीले बताएको छ ।

वाई २१ मा ८.०० एम एम सुपर स्लीम बडीका साथै साइडमा फिङ्गर प्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ६‍.५१ इन्च डिस्प्ले भएको यो फोनमा चार जीबी र्‍‍याम र ६४ जीबी स्टोरेज रहेको छ । जसलाई एक टीबी सम्म बढाउन सकिन्छ ।

भिभो वाई २१ मा १३ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । साथै  दुई मेगापिक्सेलको माइक्रो क्यामेरा रहेको छ । मेटालिक ब्लु र डाइमण्ड ग्लो कलरमा उपलब्ध यो फोनको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५