close

फेसबुक डाउन हुँदा टेलिग्राममा एकै दिन थपिए ७ करोड नयाँ प्रयोगकर्ता

टेकपाना टेकपाना

असोज २०, २०७८ १७:१०

फेसबुक डाउन हुँदा टेलिग्राममा एकै दिन थपिए ७ करोड नयाँ प्रयोगकर्ता

काठमाडौं । टेलिग्राममा एकै दिन सात करोड नयाँ प्रयोगकर्ता थपिएका छन् । साेमबार राति सवा ९ बजेदेखि फेसबुकका प्रमुख म्यासेजिङ सर्भिस बन्द हुँदा टेलिग्राममा एकैपटक करोडौं नयाँ प्रयोगकर्ता थप भएको टेलिग्रामका सीइओ पाभेल डुरोभले जनाएका छन् ।

सोही दिन अर्को इनक्रिप्टेड म्यासेजिङ एप सिग्नलमा पनि लाखौं प्रयोगकर्ता थप भएका छन् । यी दुवै एपले मुख्य गरी फेसबुकको ह्वाट्सएपसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

मंगलबार ह्वाट्सएपसँगै फेसबुक म्यासेन्जर र इन्स्टाग्राम पनि डाउन भएको थियो, जसका कारण म्यासेजिङ प्रयोगकर्ता अन्य प्लेटफर्ममा गएका थिए ।

नयाँ प्रयोगकर्तालाई विश्वकै ठूलो स्वतन्त्र म्यासेजिङ प्लेटफर्ममा स्वागत छ,’ टेलिग्रामका सीईओ पाभेल डुरोभले भनेका छन्, ‘अरूले तपाइलाईं निराश पारेपनि हामी पार्दैनौं ।’

कम्पनीले आफ्नो राउटरमा गरेको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन भएकाे थियाे । डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा यी सेवा ठप्प भएका थिए ।

यता फेसबुकका सर्भिस डाउन हुँदा कम्पनीका संस्थापक मार्क जुकरबर्गले ठुलो नोक्सानी ब्यहोर्नु परेकाे छ । त्यसरी सबै सर्भिस एकैपटक डाउन हुँदा केही घण्टाभित्रै मार्क जुकरबर्गको कूल सम्पत्तिमा ५.९ बिलियन डलर अर्थात करिब ७ खर्बको गिरावट आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५