close

एनसेलले ल्यायो चाडपर्व योजना, हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

टेकपाना टेकपाना

असोज २१, २०७८ ९:४०

एनसेलले ल्यायो चाडपर्व योजना, हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

काठमाडौं । एनसेलका ग्राहकले दशैं, तिहार र छठको बेलामा मलेसिया, यूराइटेड अबर इमिरेट्स (यूएइए) र साउदी अरबबाट आएको कलमा कुरा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेलले दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व योजना घोषणा गरेको हो ।

यो योजना आज बिहीबारदेखि लागू हुने एनसेलले जनाएको छ । यो योजना अन्तर्गत यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १–१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउँनेछन् ।

यसैगरी, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्ने एनसेलले जनाएको छ ।

यो योजना कार्तिक २४ गते सम्म संचालन हुनेछ । योजना अवधिमा कूल ११० जना ग्राहकले स्मार्टफोन जित्न पाउँनेछन् ।

योजनामा भाग लिनको लागि ग्राहकले उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । यस्तै, ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्ने एनसेलले जनाएको छ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ । यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् भने कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछ ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१