close

सजिलो पे आठ भाषामा चलाउन मिल्ने, भाषा त्रुटि सच्याउनेलाई पुरस्कार

टेकपाना टेकपाना

असोज २१, २०७८ १०:६

सजिलो पे आठ भाषामा चलाउन मिल्ने, भाषा त्रुटि सच्याउनेलाई पुरस्कार

काठमाडौं । भुक्तानी सेवा प्रदायक सजिलो पेको एप विभिन्न आठ वटा मातृ भाषामा प्रयोग गर्न सकिने भएको छ । सजिलो पेले विज्ञप्ति जारी गर्दै अब नेपालीसहित अङ्ग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ, राई, लिम्बु, शेर्पा र डोटेली भाषामा एप चलाउन सकिने जानकारी दिएको छ । 

एप चलाउन पछ्याउनुपर्ने विभिन्न निर्देशनहरू आठ वटै भाषामा उपलब्ध रहेको र यसमा थप सुधारको काम भइरहेको सजिलो पेले जानकारी दिएको छ । नेपाली र अङ्ग्रेजी बाहेक अन्य छ वटा भाषामा त्रुटि हुन सक्ने भन्दै कम्पनीले त्रुटि पत्ता लगाउने १० जनालाई दुई हजारका दरले पुरस्कार प्रदान गर्ने जनाएको छ । 

‘विद्यमान भाषामा कुनै त्रुटि पत्ता लगाएर एपमै सच्याई पठाउने प्रयोगकर्ताहमध्ये गोला प्रथाद्घारा प्रत्येक भाषाका १ जना गरी कुल १० जनालाई रु.दुई हजार पुरस्कार प्रदान गरिने छ,’ कम्पनीले जनाएको छ, ‘विद्यमान भाषामध्ये पनि कतिपय शब्द तथा वाक्य अझै सम्बन्धित भाषामा परिवर्तन गर्न बाँकी भएको अवस्थामा सो भाषामध्ये कुनै पनि एक वा एक भन्दा धेरै भाषा सम्पूर्ण रूपमा अनुवाद गर्ने प्रयोगकर्तामध्येबाट गोलाप्रथाद्घारा प्रत्येक भाषाका २ जना गरी कुल २० जनालाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।’


त्यसैगरी, तेस्रो योजना अन्तर्गत एपमा रहेका बाहेक नेपालको अरू कुनै भाषामा एपमा रहेको वाक्य तथा शब्दावली अनुवाद गरेर पठाउनेमध्ये भाषिक शुद्धता र पहिलो प्राथमिकता क्रमअनुसार प्रत्येक भाषामा पहिलो ३ जनालाई सात हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१