close

१५ हजार बढी स्थानमा जोडियो निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

असोज २१, २०७८ ११:५०

१५ हजार बढी स्थानमा जोडियो निःशुल्क इन्टरनेट

काठमाडौं । स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्था गरी देशभरका १५ हजार बढी स्थानमा निःशुल्क इन्टरनेट जडान भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले प्रगति विवरण सार्वजनिक गर्दै भदौं सम्ममा देशभरका १५ हजार ८९ स्थानमा निःशुल्क इन्टरनेट जडान भएको जानकारी दिएको हो ।

देशभरका छ सय ६६ वटा स्थानीय तहका कार्यालय, पाँच हजार पाँच सय ५५ वटा वडा कार्यालयमा निःशुल्क इन्टरनेट जडान भइसकेको प्राधिकरणको तथ्यांक छ ।

यस्तै, देशभरका चार हजार नौं सय २५ वटा माध्यमिक विद्यालय र तीन हजार नौं सय ४६ वटा स्वास्थ्य संस्थामा पनि निःशुल्क इन्टरनेट जडान भइसकेका छन् ।

प्राधिकरणले देशभरका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको लागि १८ वटा प्याकेज बनाएर विभिन्न इन्टरनेट सेवा प्रदायकलाई जडानको जिम्मा दिएको थियो ।

यसरी जडान गरिएको इन्टरनेट त्यस्ता निकायहरुले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१