close

साइबर सुरक्षाको पहिलो नेपाली जर्नल आउँदै

टेकपाना टेकपाना

असोज २१, २०७८ १२:४३

साइबर सुरक्षाको पहिलो नेपाली जर्नल आउँदै

काठमाडौं । साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (एनपीसर्ट) को संयुक्त प्रयासमा नेपालकै प्रहिलो साइबर सेक्युरिटी जर्नल प्रकाशन हुने भएको छ । बढ्दो अनलाइन कारोबार र सूचना प्रविधि क्षेत्रमा देखा परेका नवीनतम् सेवा सुविधासँगै भित्रिएको साइबर सुरक्षा चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जर्नल प्रकाशनको तयारी थालिएको हो ।

अनुसन्धान मार्फत नेपाललाई आवश्यक साइबर सुरक्षा एवम् प्रतिरक्षा  नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकीय तथा कानूनी ज्ञान आवश्यक रहेकाले साइबर सेक्युरिटी जर्नल प्रकाशन गर्न लागिएको जर्नलका प्रधान सम्पादक डा. राजिब सुब्बाले बताए । उनका अनुसार यसले साइबर सेक्युरिटी एवम् सूचना प्रविधि क्षेत्रमा कार्यरत विज्ञ, जनशक्ति तथा विश्वविद्यालयका विद्यार्थीलाई आफ्नो कार्यपत्र तथा शोधपत्र प्रकाशनका लागि अवसर प्रदान गर्नेछ ।

जर्नलका लागि सूचना प्रविधि क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन, साइबर हाइजिन, साइबर सेक्युरिटी रणनीति, साइबर डिफेन्स, साइबर कानून, साइबर आपतकालीन रेस्पोन्स केन्द्र, डिजिटल फरेन्सिक, आईओटी, ब्लकचेन, विश्वका विकसित मुलुकका अभ्यासहरू आदि सम्बन्धमा अनुसन्धानमूलक लेख रचना आव्हान समेत गरिएको छ ।

नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (एनपीसर्ट) का अध्यक्ष एवम् जर्नलका प्रबन्ध निर्देशक चिरञ्जीवी अधिकारीका अनुसार त्रिभुवन विश्वविद्यालयमार्फत डिजिटल अब्जेक्ट पहिचान तथा आईएसएस नम्बर प्राप्त गरी आगामी छ महिना भित्र जर्नल प्रकाशन गरिने बताए । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१