close

अनलाइनमा यौनजन्य सामग्री शेयर नगर्न दिइने चेतावनीले उल्टै प्रोत्साहन पुग्ने अध्ययनको निष्कर्ष

टेकपाना टेकपाना

असोज २१, २०७८ १५:४८

अनलाइनमा यौनजन्य सामग्री शेयर नगर्न दिइने चेतावनीले उल्टै प्रोत्साहन पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं । एप्पलले बाल यौन दुर्व्यवहारसँग सम्बन्धी सामग्री फैलिनबाट रोक्नका लागि छुट्टै टुलको तयारी गरिरहेको छ । एप्पलको यो कदमलाई  प्राइभेसी तथा सेक्युरिटी विज्ञका साथै चाइल्ड प्रोटेक्सन एड्भोकेसी ग्रुपहरूले निकै नै प्रशंसा गरिरहेका छन् ।

यसले बालबालिकालाई यौनजन्य कन्टेन्ट हेर्न तथा शेयर गर्न पूर्ण प्रतिबन्ध लगाउने जनाइएको छ । जसबाट बालबालिकामा त्यस्ता कन्टेन्टले पार्ने असरलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

त्यतिमात्रै नभएर यसले बालयौनसँग सम्बन्धित कन्टेन्ट हेर्न र अरुलाई पठाउन पनि रोक्ने कम्पनीको अपेक्षा छ । तर, अध्ययनले भने त्यस्ता टुलले नै यौनजन्य कन्टेन्ट शेयरिङको लागि प्रेरित गरिरहेको देखाएको छ ।

‘मान्छेले किन जोखिमपूर्ण फोटो अनलाइनमा शेयर गर्छन् ?’ भन्ने विषयमा भएको अध्ययनले यस्तो प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिवेदन अनुसार प्रयोगकर्तालाई गोपनाीयताको विषयमा चेतावनी दिँदैमा फोटो शेयरिङ तथा गोपनीयताको विषयमा चेतना अभिवृद्धि बढाउनुको साटो घट्ने बताएको छ ।

उल्टै एप्पलको चाइल्ड सेफ्टी फिचर तथा यस्ता चेतावनीले जोखिमपूर्ण फोटो शेयर गर्न प्रेरित गरिरहेको जनाइएको छ । अध्ययन अनुसार १२ प्रतिशत युवाले यौनजन्य कन्टेन्ट बिना कुनै जानकारी आदानप्रदान गर्नेगरेको छन् । त्यस्तै ८.४ प्रतिशतले सोधेर मात्रै पठाउने गरेका छन् । यस्तोमा चेतावनीले अझ युवालाई यस्ता कन्टेन्ट शेयर गर्न उत्प्रेरित गर्ने गरेको बताइएको छ ।

यसअघि गएको अगस्ट ५ तारिखमा एप्पलले चाइल्ड सेफ्टी फिचरको विषयमा जानकारी दिएको थियो । जुन एप्पलको सर्च एप र भर्चुअल असिस्टेन्ट ‘सिरि’ मा पहिलो चरणमा यो फिचर उपलब्ध भएको हो ।

यसका साथै एप्पलले प्रयोगकर्ताको मोबाइल स्क्यान गरेर मोबाइलमा हुने चाइल्ड सेफ्टीसँग सम्बन्धित फोटा तथा भिडिओ आफैँ हटाउने समेत जनाएको छ । एप्पलको यो फिचरको विषयमा भने धेरैले प्रश्न उठाएका थिए । किन भने यसबाट एप्पलले आफ्ना प्रयोगकर्तालाई निरन्तर निगरानी गरिरहने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१