close

र्‍यानसमवेयरको पछिल्लो शिकार बन्यो हङकङको मार्केटिङ कम्पनी

टेकपाना टेकपाना

असोज २१, २०७८ १९:३४

र्‍यानसमवेयरको पछिल्लो शिकार बन्यो हङकङको मार्केटिङ कम्पनी

काठमाडौं । हङकङको मार्केटिङ फर्म फिममाइक र्‍यानसमवेयर आक्रमणको शिकार बनेको छ । हङकङमा मुख्य कार्यालयका रहेको उक्त कम्पनीले चीनमा समेत सेवा दिँदै आएको छ ।

जसका ग्राहक म्याकडोनाल्ड्स, कोकाकोला, सेल, एसुस जस्ता ठूला कम्पनी रहेका छन् । कम्पनीको वेबसाइट हाल डाउन छ । कम्पनीले साइबर हमलाको विषयमा हालसम्म कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन ।

तर, यूकेको साइबर सेक्युरिटी फर्म एक्स साइबर ग्रुपका सीईओ म्याट लानेले भने आफूहरू साइबर अपराधीहरूको प्रमाण र क्रियाकलाप माथि निगरानी गरिरहेको बताएका छन् । लानेका अनुसार उक्त आक्रमण रिभिल ग्रुपले गरेको हो ।

उनले रिभिल ग्रुपले फिममाइकलाई धम्की दिँदै पठाएको म्यासेजको स्क्रिनशट शेयर गरेका छन् । जसमा रिभिलले विभिन्न ब्राण्डको जानकारी सार्वजनिक गरिदिने चेतावनी फिममाइकलाई दिएको छ । हालसम्म रिभिल ग्रुपले कम्पनीबाट के चाहेको हो भन्ने विषय भने खुलाइएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१