close

समुद्रभित्र यसरी बिच्छ्याइएका छन् इन्टरनेटका मोटामोटा तार

टेकपाना टेकपाना

असोज २२, २०७८ १०:५२

समुद्रभित्र यसरी बिच्छ्याइएका छन् इन्टरनेटका मोटामोटा तार

काठमाडौं । विशाल समुद्र हेर्दा अनन्त देखिन्छ । ठूलाठूला  ह्वेलदेखि अनगिन्ती समुद्री जीव त्यहाँ हुने गर्छन् । तर के तपाईंलाई थाहा छ ? त्यही समुद्रमूनी तारैतारको जाल बिच्छ्याइएको छ । हो तिनै तार भएर तपाईंहाम्रो मोबाइलमा फोन आउँछ ।

तपाईं हामीले प्रयोग गर्ने इन्टरनेट पनि त्यही तारबाट ओहोरदोहोर गरिरहेको हुन्छ । तपाईँलाई लाग्दो हो हामीले मोबाइलमा प्रयोग गर्ने फोन र इन्टरनेट सबै बिनातार चल्ने गर्दछ । तर यो सत्य होइन ।

हुन त सहरबजारमा बिजुलीका पोलमा झुन्ड्याइएका तार देख्दा यिनै संरचना मात्रै इन्टरनेटका लागि बनेका हुन् भन्ने लाग्दो हो । तर यी त केवल बिशाल इन्टरनेट नेटवर्कका झिना मसिना अंश मात्रै हुन् ।

तपाईं हामीसम्म नेटवर्कको पहुँच पुर्‍याउने सबैभन्दा ठूलो भूमिका समुद्रमा बिच्छ्याइएका मोटा मोटा तारको हुनेगर्दछ । जसले विश्वका कुनाकाप्चालाई एकआपसमा जोड्ने महत्त्वपूर्ण काम गरिरहेका हुन्छन् ।

समुद्री आँधी आएको समयमा भने कहिलेकाँही गडबडी आउने गर्दछ । यस्तो समयमा तपाईं हाम्रो इन्टरनेटले राम्रोसँग काम गरिरहेको हुँदैन । कतिपय पटक त समुद्री शार्कले यी केबल चखाइदिन्छन् । त्यसबाट जोगाउन यस्ता केबलको बाहिरी हिस्सामा शार्क प्रुफ कभरले बेर्ने गरिन्छ ।

समुद्रमा हरेक दिन नयाँ केबल थपिने गर्दछ । प्रतिदिन १०० किलोमिटरदेखि २०० किलोमिटर लामो नयाँ केबल बिच्छ्याउने गरिन्छ । जसको चौडाइ करिब १७ मिलिमिटरसम्म हुने गर्दछ । जुन हजारौं किलोमिटर लामा हुने गर्दछन् ।

केबल लेयर्सको माध्यमबाट यस्ता केबल समुद्रको सतहमा बिच्छ्याउने गरिन्छ । समुद्री केबललाई हाई प्रेसर जेट प्रविधिको माध्यमबाट समुद्रको सतहभित्र गाड्ने गरिन्छ । ता कि समुद्री जीव तथा समुद्री जहाजका कारण त्यसमा कुनै प्रकारको क्षति नपुगोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१