close

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

टेकपाना टेकपाना

असोज २२, २०७८ १०:५७

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

काठमाडौं । फेसबुकका लागि यो हप्ता साँच्चीकै खराब रह्यो । पहिलो त सन् २००८ पछिकै सबैभन्दा ठुलो आउटेज अर्थात सर्भिस डाउन भयो । अर्को यही हप्ता फेसबुकले अदालत पनि फेस गर्‍यो ।

त्यतिमात्रै नभएर यतिबेला फेसबुकका १.५ बिलियन अर्थात १ अर्ब ५० करोड प्रयोगकर्ताको डेटा ह्याकरले बिक्रीमा राखेका छन् ।

प्राइभेसी अफियर्स नामक प्राइभेसी रिसर्च कम्पनीले ह्याकर प्ल्याटर्फममा फेसबुक प्रयोगकर्ताको डेटा फेला परेको बताएको हो । ह्याकरले डेटा फेसबुक सिस्टम ह्याक गरेर वा अन्य कुनै डेटा लिकबाट संकलन गरेको डेटा बिक्रीमा राखेको हो भन्ने विषय भने उल्लेख गरिएको छैन् ।

लिक भएको डेटामा इमेल एड्रेस, लोकेसन, जेन्डर, फोन नम्बर र फेसबुक युजर आईडी लगायतको रहेको बताइएको छ । तर, जसले डेटा बिक्रीमा राखेका छन् । उक्त व्यक्ति र बिक्रीमा राखिएको डेटा विश्वास गर्न सकिने अवस्था भने नरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१