close

दशैं तिहारको अवसरमा खोज सेवा डटकमको बम्पर उपहार

टेकपाना टेकपाना

असोज २२, २०७८ १४:२४

दशैं तिहारको अवसरमा खोज सेवा डटकमको बम्पर उपहार

काठमाडौं । बडादशैं, तिहार र छठको अवसरमा खोज सेवा डटकमले सेवाप्रदायकका लागि बम्पर उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।

घटस्थापनादेखि सुरु भएको बम्पर उपहार कार्यक्रममा एक जना भाग्यशाली सेवाप्रदायकले आफ्नो व्यवसायका लागि निःशुल्क वेबसाइट प्राप्त गर्नेछन् भने बाँकी दुई सेवाप्रदायकले आफ्नो व्यवसाय, उत्पादन वा सेवाका लागि सामाजिक सञ्जाल र कर्पोरेट ब्राण्डिङ उपहार प्राप्त गर्नेछन् ।

यसका लागि उनीहरुले खोज सेवा डटकममा सेवाप्रदायकको रुपमा आफनो व्यवसायलाई रजिष्टर तथा अपडेट गर्नुपर्नेछ । यो बम्पर उपहार योजना आगामी छट पर्वको दिनसम्म कायम रहने जनाइएकाे छ ।

सेवाग्राही र सेवाप्रदायकबीच सिधा सम्पर्क हुनेगरी इजी एक्सेस प्रालिले ‘खोज सेवा डटकम’ सञ्चालन गर्दै आएको छ ।

कुनै पनि कामका लागि कामदार वा प्राविधिक खोजिरहेका सेवाग्राही र कामको अवसर खोजेर बसिरहेका कामदार वा प्राविधिकबीचको सिधा सम्पर्क माध्यम हो, खोज सेवा । यसले कुनै पनि क्षेत्रका लागि दक्ष प्राविधिक, कामदार, प्रविधि र सेवा उपलब्ध गराउँछ भने त्यस्तो सीप भएका कामदारका लागि रोजगारी उपलब्ध गराउँदै आएको छ ।

यो सेवाले तपाईंलाई कुनै कामका लागि आवश्यक प्राविधिक खोज्न बजारसम्म जानुपर्ने, मोलमोलाई गर्नुपर्ने, काम भरपर्दो र चित्त बुझ्दो नहुने, प्राविधिक ज्ञानको अभावमा अनावश्यक पैसा खर्च हुने, समयमा काम नहुनेजस्ता झण्झटबाट मुक्ति दिनेछ ।

खोज सेवाले एकातिर समय र पैसाको बचत गरिदिने र अर्कोतिर उचित शूल्कमा गुणस्तरीय काम समयमै उपलब्ध गराउने दाबी गरेको छ ।

‘हामीले यो सेवा सेवाग्राही र सेवाप्रदायकबीच सिधा सम्पर्क गराउने उद्देश्यले सुरु गरेका हौं,’ इजी एक्सेस प्रालिका प्रबन्ध निर्देशक दीपक चिन्तनले भने, ‘खोज सेवा प्रयोग गर्ने सेवाग्राहीले घरमै बसेर भनेकै समयमा खोजेजस्तो दक्ष प्राविधिकबाट न्यूनतम शुल्कमा काम गराउन सक्नेछन् । यसैगरी सेवाप्रदायकले खोज सेवाको वेबसाइटको माध्यमबाट कामको अवसर पाउने छन् ।’

दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याइएको बम्पर उपहार कार्यक्रमबाट सेवाप्रदायकले मनग्गे फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

कसरी प्रयोग गर्ने खोज सेवा डटकम ?

खोजसेवाले आफ्नो वेब एप्लिकेसनबाट सेवाग्राही र सेवा प्रदायकलाई सेवा प्रदान गर्दै आइरहेको छ । खोज सेवाको सेवा लिन सेवाग्राहीहरुले वेबसाइटमा गएर अनिवार्य रुपमा अकाउण्ट खोल्नुपर्ने हुन्छ ।

अकाउन्ट खोल्नका लागि मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसमा आफूले गराउन चाहेको काम, समय र ठाउँको विवरण उल्लेख गर्नुपर्ने हुन्छ । खोज सेवाले त्यस्तो व्यापार, कामको विवरण वा सेवा प्रदायक र सेवाग्राहीलाई सम्बन्धित काम गर्ने कामदार वा प्राविधिकसम्म पुर्‍याउँछ ।

भरेको विवरणका आधारमा सम्बन्धित कामको दक्ष कामदारले आफूले लिने पारिश्रमिक र दिने सेवासमेत उल्लेख गरी सेवाग्राहीलाई सम्पर्क गर्छन् ।

चित्त नबुझेको अवस्थामा दुवै पक्षले सिधा कुराकानी गर्न सक्छन् । चित्त बुझेमा कामदारलाई बोलाएर काममा लगाउन सक्छन् । भरपर्दो सेवा सुविधा र कामका लागि खोज सेवा डटकम लाई पछिल्लो समय प्रभावकारी साधनको रुपमा प्रयोग गरिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१