close

जलवायु परिवर्तन नमान्नेलाई गुगल र युट्युवले पैसा नदिने

टेकपाना टेकपाना

असोज २२, २०७८ १५:५०

जलवायु परिवर्तन नमान्नेलाई गुगल र युट्युवले पैसा नदिने

काठमाडौं । जलवायु परिवर्तनको तथ्यलाई अस्वीकार गर्ने विज्ञापनदाता, प्रकाशक र युट्युवका कन्टेन्ट क्रिएटरलाई गुगल र युट्युवले मनिटाइजको सुविधा नदिने भएको छ ।

कम्पनीले बिहीवार आफ्नो संशोधित नीति सार्वजनिक गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो ।

‘हामीले आज गुगलका विज्ञापनदाता, सामग्री प्रकाशक र युट्युव क्रिएटरका लागि नयाँ मनिटाइज नीति सार्वजनिक गर्दे छौं, जसले जलवायु परिवर्तनबारे विश्वव्यापी रुपमा स्थापित तथ्यलाई अस्वीकार गरिएको सामग्रीलाई मनिटाइज गर्ने सुविधा दिँदैन,’ कम्पनीले आफ्नो नीतिमा उल्लेख गरेको छ ।

जलवायु परिवर्तनलाई हावादारी वा गलत भनिएको, विश्वव्यापी तापक्रम बढ्दै गएको तथ्यलाई अस्वीकार गरिएको वा जलवायु परिवर्तनमा मानवीय क्रियाकलाप जिम्मेवार छैन भनिएका जस्ता सामग्रीमा मनिटाइज गर्ने सुविधा नदिने गुगलले जनाएको छ ।

यस्ता सामग्रीको समीक्षाका लागि स्वचालित टुल र मानवीय जनशक्ति नै खटाउने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१