close

व्यास नगरपालिकामा अब अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

टेकपाना टेकपाना

असोज २३, २०७८ ७:२७

व्यास नगरपालिकामा अब अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास गर्न सकिने सुविधा सुरू गरेको छ । अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरी नगरपालिकाले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाले एक हप्तादेखि यो सेवाको परीक्षण गरिरहेको छ । ‘सेवा सुरु भएको आज एक हप्ता भयो,’ नगरपालिकाका सूचना अधिकृत गोकर्णराज वाग्लेले टेकपानासँग भने, ‘हाल सिस्टम परीक्षणको काम भइरहेको छ ।’

उनले अगाडि भने, ‘सुरुमा हामीसँग भएका पुराना डकुमेन्टलाई डिजिटाइज्ड गर्नुपर्ने छ । त्यसो हुँदा अहिले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट काम भइरहेको छ ।’

तर, आगामी आर्थिक वर्षबाट भने सेवा पूर्णरुपमा अनलाइनमा आधारित बनाउने योजना रहेको उनले बताए । ‘यो आर्थिक वर्ष सेवा परीक्षणको रूपमै रहन्छ र आगामी आर्थिक वर्षदेखि अनलाइन सेवा पूर्णरुपमा सञ्चालनमा आउँछ,’ वाग्लेले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१