close

प्रदेश १ मा समेत सुरु भयो टेलिकमको एनटीटिभी

टेकपाना टेकपाना

असोज २३, २०७८ १५:११

प्रदेश १ मा समेत सुरु भयो टेलिकमको एनटीटिभी

काठमाडौं । नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले शुक्रबारदेखि प्रदेश १ मा समे यो सेवा सुरु गरेको हो । 

यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले बताए । निर्देशक मालाकारले सेवा विस्तारसँगै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जानकारी दिए । कम्पनीले २०७७ पुस १७ गतेदेखि पहिलो पटक काठमाडौंबाट यो सेवा सुरु गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१