close

साइकलमा पठाओको फुड डेलिभरी गर्नेलाई टीभीएस बाइक उपहार

टेकपाना टेकपाना

असोज २४, २०७८ ११:६

साइकलमा पठाओको फुड डेलिभरी गर्नेलाई टीभीएस बाइक उपहार

काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ नेपालले दशैँको अवसरमा राइडर र सेवाग्राही दुवैलाई लक्षित गरि सञ्चालन गरेको ‘पठाओ दशैँ महोत्सव’को उपहार हस्तान्तरण गरेको छ । महोत्सवमा साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले बम्पर उपहार स्वरूप टीभीएस अपाचे आरटीआर १६० २ भी बाइक प्राप्त गरेका छन् ।

त्यस्तै विकास रानामगर, मोनिका सुनुवार र अनिल श्रेष्ठ गरी पठाओका तीन जना सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल प्राप्त गरेका छन् । असोज १ देखि २० सम्म चलेको महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्याप्टेन र एक जना टप फुडम्यानका साथै तीन हप्ताका विजेता मध्येबाट एक जनालाई लक्की ड्र गरि बम्पर उपहार प्रदान गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिए ।

कुमार श्रेष्ठ, सुनिल कुमार चौधरी, विजय राई, विशाल राई, अर्जुन कार्की, निग्मा दोर्जे तामाङ, सागर राई, कृष्ण बहादुर तामाङ, श्रीकृष्ण बहादुर कुँवरले मोबाइल फोन प्राप्त गरेका छन् । त्यस्तै पासाङ तामाङ, नवराज तामाङ, राजेन्द्र ठकुरी, शान्ति बहादुर लिम्बू, पवन ढुङ्गेल र लोकेश महतोले ३२ इन्चको टिभी प्राप्त गरेका छन् ।

यसैगरी दीपक घलान, प्रतापबहादुर राय क्षेत्री, सञ्जय कुमार, कमल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ र दावा तामाङले फ्रिज उपहार पाएका छन् । साथै कौशल कुमार जोशी, रिञ्जी शेर्पा र ग्याल्जेन शेर्पाले मिक्सचर अनि भीमबहादुर लिम्बू, कृष्ण बहादुर चौधरी र सानू कान्छा वाइबाले भ्याकुम क्लिनर उपहार प्राप्त गरेका छन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा समेत थप गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत दिन थालेको छ ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सञ्चालनमा ल्याएको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार हाल परीक्षणकै क्रममा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१