close

आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले !

टेकपाना टेकपाना

असोज २४, २०७८ २०:१७

आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले !

काठमाडौं । आईफोन थर्टिन सार्वजनिक भएको केही महिनामात्रै बितेको छ । तर, बजारमा एप्पलको आगामी उत्पादन आईफोन फोर्टिनको चर्चा सुरु भइसकेको छ । यसै बिच आईफोन फोर्टिनको डिस्प्लेको विषयमा जानकारी बाहिरिएको छ ।

हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन पन्चहोल डिस्प्ले डिजाइनका साथ आउन सक्ने जनाइएको छ । परम्परागत रुपमा एप्पलले नच डिस्प्ले प्रयोग गर्दै आएको छ ।

एप्पलको आगामी फोन सन् २०२२ को मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो विषयमा हालसम्म आधिकारिक जानकारी भने उपलब्ध भएको छैन् । तर, कम्पनीले आईफोन फोर्टिन सिरिजमा आईफोन फोर्टिन प्लस र प्रो गरी तीन फरक भेरियन्ट उपलब्ध हुनेछ । यसका साथै आईफोन फोर्टिनमा क्यूएलसी फ्लाश मेमोरी रहने बताइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१