close

सामुदायिक विद्यालयमा विज्ञान तथा आईटी ल्याब बनाइने, इच्छुकबाट आवेदन माग

टेकपाना टेकपाना

असोज २५, २०७८ ७:३०

सामुदायिक विद्यालयमा विज्ञान तथा आईटी ल्याब बनाइने, इच्छुकबाट आवेदन माग

काठमाडौं । बागमती प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयमा विज्ञान, विषयगत प्रयोगशाला र सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने भएको छ बागमती प्रदेशको शिक्षा विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयले यस्तो कार्यक्रम अगाडि सारेको हो ।

सोमबार एक सूचना प्रकाशित गर्दै निर्देशनालयले इच्छुक सामुदायिक माध्यामिक विद्यालयबाट  प्रस्ताव माग गरेको छ । जसअनुसार इच्छुक सामुदायिक माध्यामिक विद्यालयले दशैँ बिदा बाहेकको १५ दिनभित्र निर्देशनालयमा प्रस्ताव दर्ता गराउन सक्नेछन् ।

यसको विस्तृत जानकारीका लागि निर्देशनालयको वेबसाइट तथा फोनमार्फत सम्पर्क गर्न भनिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१