नेपाल-भारत खेल चलिरहँदा इन्टरनेटमा नयाँ रेकर्ड, ब्यान्डविथ खपत युरोकपभन्दा माथि

local internet traffic record in nepal

काठमाडौं । देशभित्रको इन्टरनेट ब्यान्डविथ खपत हालसम्मकै उच्च भएको छ । साफ च्याम्पियनसिप अन्तर्गत आइतबार नेपाल भारत बीच भएको फुटबल खेलका दौरान इन्टरनेट ट्राफिकले नयाँ कीर्तिमान राखेको हो ।

इन्टरनेट एक्सचेन्ज नेपालका अनुसार आइतबार भएको दुई देशबीचको फुटबल खेलको दोस्रो हाफमा इन्टरनेट ट्राफिक प्रति सेकेन्ड ५४.४४० गिगाबिट्ससम्म पुगेको हो । जुन यसअघि युरोकप फुटबल प्रतियोगिताको दौरानमा भएको इन्टरनेट खपत भन्दा बढी हो ।

यो इन्टरनेट ट्राफिक देश बाहिरबाट आएको वा नेपालबाट विदेशमा गएको इन्टरनेट ब्यान्डविथ बाहेकको हो । स्थानीय कण्टेन्ट सेवाप्रदायक (नेटटिभी, डिशहोम गो, प्रभु टिभी आदि) को प्रयोग बढ्दै जाँदा लोकल ब्यान्डविथ (स्थानीय इन्टरनेट ब्यान्डविथ) उत्पादन तथा खपतमा ठूलो सहयोग पुग्न थालेको छ ।

यसअघि युरोकप अन्तर्गत ४९.८८९ जिगाबिट्स प्रति सेकेन्ड लोकल ब्यान्डविथ खपत भएको थियो । सामान्य अवस्थामा नेपालको आन्तरिक ब्यान्डविथ खपत ८ देखि ११ जिगाबिट्स प्रतिसेकेन्डको बीचमा रहने गरेको छ ।

इन्टरनेट एक्सचेन्ज नेपालले देशभित्रै बहने इन्टरनेट ब्यान्डविथलाई एउटा सेवाप्रदायकबाट अर्को सेवाप्रदायकबीच आदान प्रदान गराउने र त्यसको तथ्याङ्क राख्ने काम गर्दै आएको छ । बढीभन्दा बढी स्थानीय ब्यान्डविथ खपत बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ आयातमाथिको निर्भरता कम गर्ने उद्देश्यका साथ एनपीआईएक्सको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team