close

डिजिटल कारोबार प्रोत्साहन गर्न एनआईसी एसियाको यस्तो दशैँ योजना

टेकपाना टेकपाना

असोज २५, २०७८ १५:५०

डिजिटल कारोबार प्रोत्साहन गर्न एनआईसी एसियाको यस्तो दशैँ योजना

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईसी एसिया बैंकले ‘डिजिटल दशैँ’ योजना सार्वजनिक गरेको छ । योजनामार्फत बैंकका विभिन्न डिजिटल माध्यममार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई उपहारदेखि २५ प्रतिशतसम्म क्यासब्याक दिने घोषणा बैंकले गरेको छ ।

असोज २१ देखि कात्तिक २१ सम्म बैंकको भिसा कार्डमार्फत पोइन्ट अफ सेल (पीओएस) कारोबार गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म क्यासब्याक दिइनेछ । पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा बढीमा ५० रुपैयाँ क्यासब्याक, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा बढीमा १२५ रुपैयाँ क्यासब्याक र पाँचौँपटक कारोबार गर्दा २५ प्रतिशत वा बढीमा २५० रुपैयाँसम्म क्यासब्याज दिइने बैंकले जनाएको छ ।

त्यसैगरी, असोज २१ देखि कात्तिक ३० सम्म सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने ग्राहकलाई ३२ ईन्चको टिभी, माइक्रोवेभ ओभन, यासुदा ओभन, एक जोडीलाई होटेल प्याकेज, एक जोडीलाई डिनर प्याकेज, १० जनालाई एक हजारको शपिङ भौउचरजस्ता पुरस्कार दिने घोषणा बैंकले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१