close

यस्तो छ वनप्लसको आउँदै गरेको स्मार्टफोन ९आरटी

टेकपाना टेकपाना

असोज २५, २०७८ १४:५५

यस्तो छ वनप्लसको आउँदै गरेको स्मार्टफोन ९आरटी

काठमाडौं । वनप्लसले यस वर्षको अन्त्यतिर सार्वजनिक हुन लागेको आफ्नो फ्ल्यागशिप स्मार्टफोनका फिचरको बारेमा आधिकारिक रुपमा जानकारी गराएको छ । वनप्लस नाइन आरटी आउँदो सातासम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

तर कम्पनीले त्यसमा रहेको चिपसेट, डिस्प्ले लगायतका जानकारी सार्वजनिक गर्न कञ्जुस्याँइ गरेको छैन । कम्पनीको वाइबो पेजमा हालैका कतिपय पोस्टमार्फत वनप्लसले नाइन आरटीमा यस अघि हल्लाहरू आएजस्तो स्नापड्रागन ८७० नभएर स्नापड्रागन ८८८ चिपसेटमा आधारित हुने निश्चित गरेको छ ।

जुन एलपीडीडीआर५ र्‍याम र यूएफएस ३.१ स्टोरेजो साथमा रहनेछ । यदि तपाईंको फोनमा रहेको र्‍याम खपत भएर भरियो भने त्यसबाट ७ जीबी स्टोरेज भर्चुअल र्‍यामको रुपमा खाली हुनेछ ।

जसले गर्दा वनप्लस नाइनआरटीलाई यसका पूर्ववर्ती स्मार्टफोनहरू जस्तै नयाँ किसिमको आकर्षण दिनेछ । साथै वनप्लस नाइनआरटीमा अधिकतम १२० हर्ज रिफ्रेश रेट भएको  ‘स्ट्रेट’ सामसङ ई४ एमोलेड डिस्प्ले हुनेछ ।

फोनको डिस्प्लेले ६०० हर्ज टच स्याम्पलिङ रेटलाई समेत सपोर्ट गर्नेछ । ४,५०० एमएएच क्षमताको ब्याट्री रहने यो फोनमा ६५ वाटको फास्ट चार्जिङ सिस्टम आउनेछ । क्यामेराको कुरा गर्ने हो भने वनप्लस नाइनआरटीमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ ।

तर त्यससँगै रहने अन्य क्यामेराको विषय भने जानकारीमा आएको छैन । फोनका केही मुख्य फिचर सार्वजनिक भए पनि कतिपय अन्य कुरा भने प्रष्ट भइसकेका छैनन् । फोनको मूल्य पनि खुलेको छैन । कम्पनीले अक्टोबर १३ मा चीनमा नयाँ उपकरण सार्वजनिक  गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१