close

आइओएसमा आयो नयाँ अपडेट, यी बग भए फिक्स

टेकपाना टेकपाना

असोज २६, २०७८ ९:३६

आइओएसमा आयो नयाँ अपडेट, यी बग भए फिक्स

काठमाडौं । एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएसको १५.०.२ भर्सन सोमबार सार्वजनिक गरेको छ । अब आइफोन प्रयोगकर्ताले यो भर्सन प्रयोग गर्न पाउँनेछन् । आइओएसमा नयाँ अपडेट आएसँगै आइओएस १५ रिलिज गर्दा भएका कतिपय समस्याहरु पनि समाधान हुने भएका छन् ।

यो अपडेटसँगै अब आइफोन प्रयोगकर्ताले आफ्नो म्यासेजको थ्रेड डिलिट गर्दा त्यहाँ रहेका फोटोहरु पनि डिलिट हुने समस्या समाधान हुने कम्पनीले जनाएको छ । यस्तै, फाइन्ड माइ ट्याबमा एयरट्याग नदेखिने समस्या पनि समाधान भएको छ ।

यस्तै, आइफोन १३ मोडलमा आइट्युन वा फाइन्डरको माध्यमबाट डिभाइस अपडेट गर्दा फेल हुने समस्या पनि समाधान हुने एप्पलले जनाएको छ ।

आइओएस १५ रिलिज भएपछि कतिपय साइबर सुरक्षा अनुसन्धानकर्ताहरुले यसमा रहेको सुरक्षा कमजोरी औंल्याएका थिए । आइओएसमा अपडेट रिलिज भएसँगै यी सुरक्षा कमजोरी पनि समाधान भएको एप्पलले जनाएको छ ।

एप्पलले सेप्टेम्बर २० मा आइओएस १५ रिलिज गरेको थियो । प्रयोगकर्ताले मास्क प्रयोग गरेर एप्पल वाचमार्फत आइफोन १३ अनलक नहुँने समस्या रिपोर्ट गरेपछि आइओएसको १५.०.१ ऋपडेटमा त्यसलाई सच्याइएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१