close

फोल्डेबल फोन बलियो प्रमाणित गर्ने जुक्ति, सामसङले सार्वजनिक गर्यो यस्तो भिडियो

टेकपाना टेकपाना

असोज २६, २०७८ १३:१८

फोल्डेबल फोन बलियो प्रमाणित गर्ने जुक्ति, सामसङले सार्वजनिक गर्यो यस्तो भिडियो

काठमाडौं । यसअघि नै सार्वजनिक भएर बजारमा पुगिसकेको आफ्नो फोल्डेबल फोन बलियो छ भन्ने प्रमाणित गर्न सामसङले नयाँ जुक्ति निकालेको छ ।

ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्री टिकाउ हुनेमा आशंकाहरु सार्वजनिक भएपछि सामसङले भिडियोमार्फत दुवै फोनको परीक्षण गरिएको भिडियो सार्वजनिक गरेको हो ।

आफ्नो वेबसाइटमा भिडियो पोष्ट गर्दै सामसङले दुवै फोन बजार पठाउनु अघि गरेको विभिन्न परीक्षणहरु देखाएको छ । भिडियोमा दुवै फोनलाई विभिन्न मौसममा गरिएको परीक्षण, पानीमा राखेर गरिएको परीक्षण देखाइएको छ ।

अगस्टदेखि बिक्री सुरु भएको जेड फ्लिप थ्रीको स्क्रिनको मध्यभागतिर चर्किने समस्या देखिएको विभिन्न रिपोर्ट सार्वजनिक भइरहेको छ । यही हल्लालाई निराधार सावित गर्न सामसङले अहिले आएर भिडियो सार्वजनिक गरेको अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१