close

नेपालमा सबैभन्दा बढी भित्रिने मोबाइल ब्रान्ड कुन ?, यस्तो छ तथ्याङ्क

टेकपाना टेकपाना

असोज २६, २०७८ १५:४०

नेपालमा सबैभन्दा बढी भित्रिने मोबाइल ब्रान्ड कुन ?, यस्तो छ तथ्याङ्क

काठमाडौं । नेपाली बजारमा मोबाइल बिक्रीको हिसाबमा सामसङ र साओमीबीच प्रतिस्पर्धा छ । लामो समयदेखि नेपाली बजारमा सामसङले आफूलाई नम्बर वान घोषित गर्दै आएको थियो । तर पछिल्लो केही समयदेखि साओमीले बजार हिस्साको आधारमा आफूलाई नै नम्बर वान दाबी गर्न थालेको छ

नेपाली मोबाइल बजारमा कुन ब्रान्डको बजार हिस्सा कति छ भन्ने कुनै यकिन तथ्याङ्क छैन । तर, दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा आयातित मोबाइल ह्याण्डसेटको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले विगत केही वर्षदेखि इक्विपमेन्ट आइडेन्टीटी रजिस्टर (ईआईआर) लाई अनिवार्य गर्दै मोबाइलको आईएमईआई दर्ता सुरु गरेको छ ।

यसको अर्थ उक्त सिस्टममा आईएमईआई दर्ता नभई नेपालमा मोबाइल भित्र्याउन पाइन्न । त्यो हिसाबमा प्राधिकरणले जारी गरेको मोबाइल आयातको तथ्याङ्कलाई नै आधिकारिक तथ्याङ्कको रूपमा लिन सकिन्छ ।

प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा कुल १ करोड ९ लाख १९ हजार ५७५ आईएमइआई दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै आईटेलका मोबाइलको आईएमईआई दर्ता भएको प्रतिवेदनमा जनाइएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार कुल दर्ता भएको आईएमईआई मध्य १७ प्रतिशत आईटेलका मोबाइलको छ ।

त्यस्तै दोस्रो नम्बरमा साओमी छ । साओमीले कुल आइएमइआइ नम्बरको १३ प्रतिशत हिस्सा साओमीको छ । यो सूचीमा सामसङलाई पछि पार्दै भारतीय मोबाइल ब्रान्ड लाभा तेस्रो नम्बरमा छ । लाभा अघिल्लो वर्ष यो सूचीको पहिलो नम्बरमा थियो । त्यस्तै चौथो नम्बरमा सामसङ छ । सामसङले कुल ८ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै ७ प्रतिशत हिस्साका साथ कलर्स र तम्बो ब्राण्डका मोबाइल पाँचौँ स्थानमा रहेका छन् ।

भन्सार तिरेर आएका अधिकांश मोबाइलको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको छ । तर प्राधिकरणमा दर्ता नगरिएका मोबाइलहरू भने यसमा समेटिएको छैन ।

भन्सार तिरेर आएका अधिकांश मोबाइलको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको छ । तर प्राधिकरणमा दर्ता नगरिएका मोबाइलहरु भने यसमा समेटिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१