close

एआईको लडाईंमा अमेरिकालाई उछिन्दै चीन

टेकपाना टेकपाना

असोज २६, २०७८ १८:५८

एआईको लडाईंमा अमेरिकालाई उछिन्दै चीन

काठमाडौं । पेन्टागनका पूर्वसफ्टवेयर प्रमुख निकोलस चैलनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को लडाईंमा चीनले अमेरिकालाई उछिनेको बताएका छन् । चीनले एआईमा अमेरिकालाई पछि पार्दै विश्वव्यापी रुपमा आफ्नो प्रभाव स्थापित गर्न थालिसकेको उनकाे तर्क छ ।

आर्थिक रुपमा विश्वको दोस्रो ठूलो शक्तिशाली देश चीनले प्रविधिका प्रमुख क्षेत्रमा आफूलाई अब्बल सावित गरिसकेको दाबी गर्दै उनले भने, ‘त्यसमा एआई एक हो । त्यस्तै सेन्थेटिक बायोलोजी, जेनेटिक्स लगायतमा पनि चीन निकै अघि बढिसकेको छ ।’

चैलन पेन्टागनको पहिलो प्रमुख सफ्टवेयर अफिसर हुन् । उनले प्रविधि रूपान्तरणमा अमेरिका ढिलो भएको भन्दै त्यसको विरोधमा पदबाट राजिनामा दिएका थिए । प्रविधि रूपान्तरण ढिला हुँदा यसले धेरै चुनौतीहरू सिर्जना गरिरहेको समेत उनको दावी थियो ।

‘हामी पछिल्लो १५ देखि २० वर्षमा चीनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘यो लडाईंमा चीनले बाजी मारिसकेको छ । त्यसैले अब यो लडाईंको औचित्य पनि समाप्त भएको छ ।’

यसरी आज प्रविधिमा पाएको सफलताले चीन विश्वमा हावी भइरहेको छ । उनले भने, ‘यसका लागि चिनियाँ प्रविधि कम्पनीले सरकारसँगको सहकार्यमा एआईमा ठूलो लगानी गरेका छन् । तर, अमेरिकी टेक कम्पनीहरू उसले बनाएको एआईलाई आत्मसाथ गर्न बाध्य भइरहेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१