close

विश्वव्यापी रूपमै कम्प्युटर बिक्री बढ्यो, बजार हिस्सा कसको धेरै ?

टेकपाना टेकपाना

असोज २६, २०७८ २०:४५

विश्वव्यापी रूपमै कम्प्युटर बिक्री बढ्यो, बजार हिस्सा कसको धेरै ?

काठमाडौं । कम्प्युटर बिक्री विश्वव्यापी रूपमै बढेको तथ्याङ्कले देखाएको छ । कम्प्युटर बिक्री सम्बन्धी तथ्याङ्क राख्ने क्यानालाइस रिपोर्ट अनुसार सन् २०२१ के तेस्रो त्रैमासिकमा विश्वभर नै कम्प्युटर सप्लाई ५ प्रतिशतले बढेको छ ।

सन् २०२१ को जुलाईदेखि सेप्टेम्बर महिनासम्मको अवधिमा डेस्कटप र ल्यापटप गरी ८ करोड ४१ लाख कम्प्युटर बजारमा गएका छन् । यो सन् २०२० को सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा ८ करोड २ लाख कम्प्युटर बजारमा पुगेका थिए ।

बजार हिस्साको हिसाबले लेनोभो अहिले पनि मार्केट लिडर रहेको तथ्याङ्कले देखाउँछ । लेनोभोले यो सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै एक करोड ९८ लाख कम्प्युटर डिभाइस बजारमा पठाएको छ । यो अवधिमा लेनोभोको बजार हिस्सा २३.५ प्रतिशत छ ।

बजार हिस्साका हिसाबले लेनोभोपछि एचपी छ । एचपीले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै एक करोड ७६ लाख कम्प्युटर बजार पठाएको छ । यो सङ्ख्याका हिसाबले एचपीको बजार हिस्स २०.९ प्रतिशत हुन आउँछ ।

कम्प्युटर निर्माता अर्को कम्पनी डेलले भने सन् २०२१ को तेस्रो त्रैमासिकमा एक करोड ५२ लाख वटा कम्प्युटर डिभाइस बजार पठाएको छ । यो तथ्याङ्कको हिसाबले डेलको बजार हिस्स १८.१ प्रतिशत हुन आउँछ ।

विश्वव्यापी रूपमा कम्प्युटर डिभाइसको बिक्री ५ प्रतिशतले बढेको भए पनि सबैभन्दा बढी माग भने दक्षिण अमेरिकामा देखिएको छ । यहाँ गत वर्षको सोही अवधिको भन्दा कम्प्युटर माग १७ प्रतिशतले बढेको देखिन्छ भने यूरोप, मध्ययूरोप र अफ्रिकामा पनि उल्लेख्य रूपमा माग बढेको छ ।

जापानमा भने कम्प्युटर माग ३० प्रतिशतले घटेको तथ्याङ्क छ भने दक्षिण अमेरिकामा पनि कम्प्युटर माग ९ प्रतिशतले घटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१