close

टेस्लाका गाडीमा सेल्फ ड्राइभिङ सफ्टवेयरको नयाँ अपडेट

टेकपाना टेकपाना

असोज २७, २०७८ ८:४९

टेस्लाका गाडीमा सेल्फ ड्राइभिङ सफ्टवेयरको नयाँ अपडेट

काठमाडौं । टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ सफ्टवेयरको बेटा १०.२ सार्वजनिक गरेको छ । अन्तिम समयमा देखिएको समस्याका कारण सफ्टवेयर अपडेटमा केही दिन ढिलाे गरी सार्वजनिक भएकाे हाे ।

टेस्लाका सीईओ एलन मस्कले प्राविधिक कारणले भएकाे ढिलाइप्रति माफी समेत मागेका छन् । यो अपडेट टेस्लाले एक हजार टेस्ला गाडीमा उपलब्ध गराउने जनाएकाे छ ।

यो बेटा भर्सनलाई टेस्लाले एक वर्षदेखि परीक्षण गरिरहेको थियो । टेस्ला चालकको सेफ्टी स्कोरको आधारमा कम्पनीले सेल्फ ड्राइभिङको नयाँ अपडेट उपलब्ध गराउँदै आएको छ ।

टेस्लामा भएको सेन्सरले लिएको तथ्यांक विश्लेषण गरी दुर्घटना हुने जोखिमको आधारमा चालकले दुर्घटना गराउन सक्ने सम्भावित जोखिम आँकलन गरिन्छ । यो विश्लेषणमा शतप्रतिशत अंक प्राप्त गर्ने चालकले यस्तो अपडेट पहिला पाउने गर्छन् ।

टेस्लाले यस्ता सफ्टवेयर अपडेट लिने चालकहरुसँग सेल्फ ड्राइभिङ प्रणालीको कुनै गल्ती भएमा त्यसको भिडिओ अनलाइनमा शेयर नगर्ने गरी सम्झौत गर्ने गरेका छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१