close

न्युज फिड सबै डिलिट गर्ने एप बनाएका डेभलपरलाई फेसबुकले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

असोज २८, २०७८ ८:१८

न्युज फिड सबै डिलिट गर्ने एप बनाएका डेभलपरलाई फेसबुकले लगायो प्रतिबन्ध

काठमाडौं । फेसबुकको न्युज फिड सबै डिलिट गर्न सकिने टुल निर्माण  गरेका एक जना डेभलपरलाई कम्पनीले फेसबुकमा पूर्णरुपमा प्रतिबन्ध गरेको छ । लुइस बार्स्ले नामक डेभलपर युकेका हुन् ।

उनले ‘अनफलो एभ्रिथिङ’ नामक ब्राउजर एक्सटेन्स निर्माण गरेका थिए । जसले फेसबुक प्रयोगकर्तालाई उनीहरूले फलो गरेको व्यक्ति, तथा पेज सबै एकै पटक अनफलो गर्न सकिने सुविधा दिन्थ्यो । त्यो हुँदा न्युज फिड पूर्णरुपमा खाली हुन्थ्यो ।

तर, प्रयोगकर्ताले फेसबुकमा रहेका साथीभाइ तथा परिवारसँग भने कुराकानी गर्न सक्ने बार्स्लेले बताएका छन् । उनले यो एक्सटेन्सन गुगल क्रोम स्टोरमा सन् २०२० मा राखेका थिए । यो टुल स्टोरमा राखेसँगै धेरै अनुसन्धानकर्ताले यसमा चासो देखाएका थिए ।

उनीहरूले फेसबुमा न्युजफिड नहुँदा मान्छेमा देखिने प्रभावको विषयमा अध्ययन गर्न चाहन्थे । कतिपय अनुसन्धानकर्ताले यो विषयमा अध्ययन नै अघि बढाइसकेको जनाइएको छ ।

यसैबीच फेसबुकले उनलाई र उनको निर्माण गरेको टुल दुबैलाई फेसबुकले पूर्ण रुपमा प्रतिबन्ध गरेको छ । केही समय अघि फेसबुकका अधिवक्ताले उनलाई यो खालको अनैतिक कार्य बन्द गर्न भन्दै पत्र पठाएका थिए । उक्त पत्रको जवाफको कुनै प्रतिक्रिया नआएसँगै फेसबुकले उनलाई आफ्नो सम्पूर्ण प्ल्याटर्फममा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१