close

७ इन्चको डिस्प्ले र ६ हजार एमएएच ब्याट्रीसहित बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ आउँदै

टेकपाना टेकपाना

असोज २८, २०७८ १३:१३

७ इन्चको डिस्प्ले र ६ हजार एमएएच ब्याट्रीसहित बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ आउँदै

काठमाडौं । ह्वावेबाट अलगिएर छुट्टै स्वतन्त्र कम्पनीको रुपमा स्थापित भएदेखि अनर विभिन्न उत्पादनमा काम गरिरहेको छ । ह्वावलेलाई लागेको प्रतिबन्ध आफूलाई पनि कायम हुने भएसँगै अनर छुट्टिएर स्वतन्त्र कम्पनी भएको थियो ।

तर, हालसम्म पनि अमेरिकाले अनरलाई फुकुवा गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय लिएको छैन । यसैबीच कम्पनीले नर्मल एन्ड्रोइडका साथ ‘अनर म्याजिक थ्री’ सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गरिसकेको छ ।

यसका साथै थप नयाँ प्रडक्टमा काम गरिरहेको कम्पनीले चाँडै नै ‘अनर एक्स सिरिज’ अन्तर्गत ‘अनर एक्स थर्टी म्याक्स’ ल्याउने तयारी गरेकाे छ ।

हालसम्म प्राप्त जानकारीअनुसार ‘अनर एक्स थर्टी म्याक्स’ नोभेम्बर ११ मा चीनमा आयोजना हुने सपिङ फेस्टिभलअघि सार्वजनिक हुनेछ ।

उक्त फोनमा ७ इन्चको डिस्प्ले रहने जनाइएको छ । ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहने फोनमा २२.५ वाटको फास्ट चार्जिङ सिस्टमा उपलब्ध हुनेछ ।

साथै फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१