close

ह्याकरको उच्च जोखिममा रहेका १० हजारलाई ‘सेक्युरिटी की’ उपलब्ध गराउँदै गुगल

टेकपाना टेकपाना

असोज २८, २०७८ १०:१

ह्याकरको उच्च जोखिममा रहेका १० हजारलाई ‘सेक्युरिटी की’ उपलब्ध गराउँदै गुगल

काठमाडौं । गुगलले ह्याकरको उच्च जोखिममा रहेका १० हजार प्रयोगकर्तालाई निःशुल्क ‘फिजिकल सेक्युरिटी की’ उपलब्ध गराउने भएको छ । यो ‘की’ प्राप्त गर्ने सूचीमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिज्ञ लगायत रहेका छन् ।

राज्यको संरक्षणमा रहेका ह्याकरबाट जोखिममा रहेका त्यस्ता अकाउन्टलाई कम्पनीले ‘सेक्युरिटी की’ प्रदान गर्न लागेको हो । यस्ताे यूएसबी की पासवर्डभन्दा पनि बढी सुरक्षित हुने जनाइएको छ ।

यसबाट गुगलले आफ्नो एडभान्स सेक्युरिटी प्रोग्राम विस्तार गर्न खोजेको हुनसक्ने विश्लेषण गरिएकाे छ । यसअघि हजारौं जिमेल प्रयोगकर्तालाई ‘ह्याकरले तपाईंको अकाउन्टमा पहुँचमा राख्न खोजिरहेको छ’ भन्ने चेतावनी आएको थियो ।

यो एउटा ‘स्टन्ट’ थियो । गुगलका रिक्स एनालिस्ट ग्रुपका निर्देशक शेन हन्टलेले भने, ‘यसको असर झण्डै १४ हजार जिमेल प्रयोगकर्तामा देखिएको थियो । रूससँग जोडिएको एक ह्याकिङ समूह ‘एपीटी२८’ ले यो कार्य गरेको थियो ।

यसबाट विशेषगरी अमेरिकी प्रयाेगकर्ता प्रभावित भएका थिए । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले हाई प्रोफाइल प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि ‘सेक्युरिटी की’ उपलब्ध गराउन लागेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१