close

गुगल सर्चमा यसरी गर्नुहोस् ‘डार्क मोड’ अन

टेकपाना टेकपाना

असोज २९, २०७८ ९:५१

गुगल सर्चमा यसरी गर्नुहोस् ‘डार्क मोड’ अन


काठमाडौं । गुगलले केही समय अघिमात्रै गुगल सर्चमा समेत डार्क मोड उपलब्ध गराएको छ । प्रयोगकर्ताको सहजताका लागि पछिल्लो समय धेरै प्लेटफर्मले डार्कमोड उपलब्ध गराउँदै आएका छन् ।

यस्तोमा गुगलले पनि आफ्ना प्रयोगकर्तालाई सर्च पेजमा समेत डार्क मोड उपलब्ध गराएको हो । जुन प्रयोगकर्ताले मोबाइल तथा डेक्सटप दुबै भर्सनमा प्रयोग गर्न सक्नेछन् ।

यस्तोमा यहाँ हामी गुगलले उपलब्ध गराएको उक्त फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । यो फिचर जुनसुकै ब्राउजरमा पनि प्रयोग गर्न सकिने छ ।

त्यसका लागि सुरुमा कुनै पनि ब्राउजरमा गुगल खोल्नुहोस् ।

गुगल खुलेसँगै पेजको अन्त्यमा ‘सेटिङ’ अप्सन रहेको छ । उक्त ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

Click "Settings" in the bottom-right corner on Google Search on desktop.

अब त्यहाँ ‘सर्च सेटिङ्स’ अप्सनमा क्लिक गर्नुहोस् ।

Select "Search Settings" from the "Settings" menu on Google Search on desktop.

‘सर्च सेटिङ्स’ भित्र बाँया साइडमा ‘एपिरियन्स’ भन्ने अप्सन रहेको छ । त्यसमा क्लिक गर्नुहोस् ।

Click "Appearance" on the "Search Settings" page on Google Search on desktop.

अब त्यहाँ डार्कमोड अन/अफ गर्ने विकल्प पाउनुहुन्छ । त्यहाँ तपाईंले तीनवटा विकल्प देख्नुहुनेछ । जसमध्ये ‘डार्क थिम’ मा क्लिक गरी डार्कमोड अन गर्न सक्नुहुनेछ ।

Enable the "Dark Theme" option on the "Appearance" page on Google Search on desktop.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२