close

गुगल डक्समा यसरी राख्नुहोस् हातले लेखेको सिग्नेचर

टेकपाना टेकपाना

असोज २९, २०७८ ८:४

गुगल डक्समा यसरी राख्नुहोस् हातले लेखेको सिग्नेचर

काठमाडौं । पछिल्लो समय डिजिटल सिंग्नेचर कुनै पनि डकुमेन्टमा हस्ताक्षर गर्नका लागि निकै प्रयोग हुने गरेको छ । तर, त्यस्ता कतिपय डकुमेन्ट हुन सक्छन्, जहाँ तपाईंलाई आफूले हातले लेखेको सिग्नेचर राख्नुपर्ने हुनसक्छ ।

त्यस्तोमा गुगलको ड्रइङ टुल प्रयोग गर्न सक्नुहुनेछ । यसमार्फत हातले लेखेको हस्ताक्षर निर्माण गर्न सकिन्छ । जसको सहज तरिका यहाँ हामी तपाईंलाई सिकाउँदै छौं ।

त्यसका लागि सुरुमा गुगल डक्समा लगइन गर्नुहोस् र आफ्नो डकुमेन्ट खोल्नुहोस् । अब आफ्नो हातले लेखेको सिंग्नेचर राख्ने स्थानमा क्रसर लैजानुहोस् ।

अब डक्सको मेन्यु बारमा रहेको ‘इन्सर्ट’मा क्लिक गरी त्यसको भित्र रहेको ‘ड्रइङ’ भित्रको ‘न्यु’ मा क्लिक गर्नुहोस् ।

Click Insert, Drawing, New

योसँगै अब गुगल ड्रइङ टुल खुल्नेछ । अब त्यसको माथि रहेको ‘लाइन ड्रप डाउन’ बक्समा क्लिक गर्नुहोस् । त्यसको सबैभन्दा तल तपाईंले ‘स्क्रिइबल’ अप्सन देख्नुहुनेछ ।

Select Scribble

उक्त अप्सनमा क्लिक गरी तपाईंले एकैपटक अथवा जोडेर आफ्नो सिंग्नेचर बनाउन सक्नुहुनेछ ।

Draw your signature

त्यसरी बनाएको सिंग्नेचरको कलर र स्टाइल छनोट गर्न समेत सकिने छ ।

Adjust line width for the signature

अब आफूले बनाएको सिग्नेचरलाई सेलेक्ट गर्नुहोस् र दायाँ साइडमा माथि रहेको ‘सेभ एण्ड क्लोज’ अप्सनमा क्लिक गर्नुहोस् ।

Click Save and Close

यति गरेसँगै तपाईंको ड्रइङ टुल बन्द हुनेछ र डकुमेन्टमा सिग्नेचर तयार हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२