close

चीनमा आईओटीमा आधारित भिडिओ बिजनेश युनिट निर्माण गर्दै इन्टेल

टेकपाना टेकपाना

असोज २९, २०७८ १३:४३

चीनमा आईओटीमा आधारित भिडिओ बिजनेश युनिट निर्माण गर्दै इन्टेल

काठमाडौं । अमेरिकी टेक जायन्ट इन्टेलले आफ्नो ग्लोबल आईओटी भिडिओ डिभिजन चीनमा स्थापना गर्ने घोषण गरेको छ । जसको मुख्यालय चीनमा हुनेछ । भने, यसको नेत्रित्व इन्टेलको आईओटी डिभिजन चाइनाका प्रमुख चेन वाई हुने जनाइएको छ ।

यसरी इन्टेलले आफ्नो कुनै पनि परियोजनाका लागि ग्लोबल युनिट चीनमा खडा गरेको यो नै पहिलो पटक हो । चीन आईओटी भिडिओ तथा अन्य प्रविधिमा सबैभन्दा अघि रहेको छ ।

‘अन्य मुलुकको तुलनामा १० वर्ष अघिदेखि चीनमा भिडिओ बिजनेश सुरु भएको हो । कतिपय देश अझै पनि डिजिटल ट्रान्फरमेशनमै छन् । यस्तोमा चीनबाट हाम्रो प्रविधि विश्वव्यापी रुपमा हामीले विस्तार गर्न सक्छौं,’ वाईले भने ।

त्यो हिसाबले पनि कम्पनीले चीनमा आफ्नो भिडिओ युनिट खडा गरेको हो । जसले उद्योगलाई भिडिओमा आवश्यक पर्ने विभिन्न प्रविधि आईओटीमा आधारित भएर निर्माण गर्नेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२