close

आईओएस १५ को नयाँ सुविधा, जसले तपाईंलाई दिन्छ निःशुल्क आईक्लाउड स्टोरेज

टेकपाना टेकपाना

असोज २९, २०७८ १५:४७

आईओएस १५ को नयाँ सुविधा, जसले तपाईंलाई दिन्छ निःशुल्क आईक्लाउड स्टोरेज

काठमाडौं । एप्पलले  नयाँ आईओएस १५ सुविधा ल्याएसँगै अब तपाईंले आईक्लाउडमा निःशुल्क अस्थायी स्टोरेज पाउनुहुनेछ, जुन एक आईफोनबाट अर्कोमा ट्रान्सफर गर्न सकिन्छ ।

आईओएस १५ का साथ एप्पलले तपाईंको डेटा एक आईफोनबाट अर्कोमा सार्न सक्ने तरिका ल्याएको छ । नयाँ आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३  प्रो र आईफोन १३  प्रो म्याक्ससँग पछिल्लो क्यामेरा प्रविधि, तीव्र गति र टिकाउ ब्याट्री आयु छ ।

योसँगै तपाईंले यी डिभाइसमा पुराना एप्पल डिभाइसबाट सबै म्यासेज, फोटो, भिडिओ र म्युजिक सार्न सहज सुविधा पाउन सक्नुहुन्छ ।

तपाईंको पुरानो आईफोनबाट नयाँमा आफ्नो डेटा ट्रान्स्फर  गर्न तीन तरिका छन् । यदि तपाईं म्याक ओएस क्याटालिना वा नयाँ चलाउँदै हुनुहुन्छ भने तपाईं आफ्नो आईफोन चार्जिङ केबलका साथ म्याकमा प्लग गर्न सक्नुहुनेछ र फाइन्डर प्रयोग गर्न सक्नुहुनेछ ।

यो छिटो छ, तर यसका लागि तपाईंलाई म्याक चाहिन्छ र यसमा ब्याकअप फाइलका लागि पर्याप्त स्पेस चाहिन्छ ।

तपाईं एप्पलको प्रत्यक्ष डेटा माइग्रेसन पनि प्रयोग गर्न सक्नुहुनेछ, जसले तपाईंको पुरानो फोनलाई कम्प्युटर वा आईक्लाउड प्रयोग नगरी तपाईंको नयाँ डिभाइसमा सार्दछ ।

यस प्रक्रियाको नकारात्मक पक्ष यो हो कि, तपाईंले ट्रान्स्फर प्रक्रिया पुरा नहुँदासम्म दुवै फोन प्रयोग गर्न सक्नुहुन्न । याे एक घण्टा वा त्योभन्दा बढी समय लाग्ने हुन सक्दछ ।

अर्को उपाय भनेको आईक्लाउडको प्रयोगबाट डेटा ट्रान्स्फर गर्नु हो । यस प्रक्रियामा कम्प्युटर आवश्यक पर्दैन र तपाईंको नयाँ फोनले ब्याकअप फाइल डाउनलोड गर्दा पुरानो फोनमा पनि पहुँच हुन्छ ।

नकारात्मक पक्षकाे कुरा गर्दा ब्याकअप फाइल फिट गर्नका लागि तपाईंको आईक्लाउड अकाउन्टमा पर्याप्त स्टाेरेज आवश्यक हुनु हो । यदि तपाईं एप्पलको नि:शुल्क ५ जीबी आईक्लाउड टियरमा हुनुहुन्छ भने यो पर्याप्त हुँदैन ।

तपाईंले एप्पललाई अधिकतम स्टाेरेजका लागि एक महिना पैसा तिर्न सक्नुहुनेछ । यदि तपाईं त्यसो गर्नुहुन्न भने तपाईंको पुरानो आईफोनको ब्याकअप गर्न आईओएस १५  प्रयोग गरी केही आईक्लाउड स्टाेरेज लिन सक्नुहुन्छ ।

आईओएस १५ प्रयोग गरी यसरी पाउनुहोस् फ्री आईक्लाउड स्टोरेज

पहिले आफ्नो पुरानो आईफोनमा आईओएस १५ अपग्रेड गर्नुहोस् । आईफोन ‘सिक्स एस’ र त्यसभन्दा पछिका फोनमा आईओएस १५ अपग्रेड गर्न सकिनेछ । तपाईंको वाई-फाई नेटवर्कको गतिमा निर्भर गर्दै यसले डाउनलोड गर्न र इन्स्टल गर्न केही समय लिन सक्दछ ।

अपडेट पुरा भएपछि ‘सेटिङ्स’ मा गई ‘जेनेरल’ मा जानुहोस् र ‘न्यु अप्सन’ मा ट्याप गर्नुहोस् । यसपछि आईफोन ट्रान्सफर वा वा रिसेट गर्नुहोस्। अब नयाँ पेज देखा पर्नेछ । नयाँ आईफोन सेक्सनका लागि तयारी अन्तर्गत ‘Get started’ लाई ट्याप गर्नुहोस् ।

एक ‘एक्स्ट्रा आ ई क्लाउड’ नाम गरेको पप-अप विन्डो खुल्नेछ, जसले तपाईंको एप्स र डेटा ट्रान्सफर गर्दछ । त्यसलाई राम्रोसँग पढेर ‘कन्टिनिउ’ बटन थिच्नुहोस् । तपाईंले देख्न सक्नुहुन्छ कि आईक्लाउड ब्याकअप सन्देश बन्द छ । त्यसलाई ‘टर्न अन’ गर्नुहोस् ।

अब ‘Move data for all your apps’ भन्ने स्क्रिन देखा पर्छ । त्यहाँ केही आईक्लाउडमा डेटा सिंक नभएका एपहरु देखिन सक्छन् । ‘मुभ अल एप डेटा विथ आईक्लाउड’ भन्ने बटनमा ट्याप गर्नुहोस् । त्यसपछि अर्को देखापरेको स्क्रीनमा ‘Done’ भन्ने बटन थिच्नुहोस् ।

अब तपाईंको पुरानो आईफोन आईक्लाउडमा ब्याकअप गर्न सुरू गर्दछ । यदि तपाईं ‘सेटिङ्स’ मेन पेजमा हेर्नुभयो भने, ‘आईक्लाउड ब्याकअप’ नाम गरेको नयाँ सेक्सन देख्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२