close

चीनमा एप्पलले हटायो मुस्लिम धर्मको चर्चित कुरान एप

टेकपाना टेकपाना

असोज ३०, २०७८ १४:२३

चीनमा एप्पलले हटायो मुस्लिम धर्मको चर्चित कुरान एप

काठमाडौं । चीन सरकारको आग्रहमा एप्पलले एप स्टोरबाट कुरान एप हटाएको छ । मुस्लिम धर्मको ग्रन्थ कुरान ‘कुरान माजिद’ को रुपमा एप्पलको एप स्टोरमा विश्वव्यापी उपलब्ध थियो । यस्तोमा चीन सरकारले हटाउने निर्देशन दिएसँगै एप्पलले चीनमा भने उक्त एप हटाइदिएको हो ।

यो एप डिलिट गरिएको विषयमा चीन सरकारले भने हालसम्म कुनै जानकारी दिएको छैन ।

एप निर्माता कम्पनी पीडीएमएसले चीन सरकारले साे एपमा समावेश भएको कतिपय कन्टेन्टका लागि चिनियाँ निकायलाई थप डकुमेन्ट आवश्यक परेको भन्ने जवाफ एप्पलबाट आएको बताएको छ ।

‘त्यसैले हामी चीनको साइबर अधिकारीसँग यो विषयको समाधानका लागि कुरा गरिरहेका छौं,’ कम्पनीले भनेको छ, ‘हालका लागि हामीले चीनका १० लाख प्रयोगकर्तालाई यो सर्भिसबाट बन्द गरिसकेको छौं ।’

यो विषयमा निर्णय भएसँगै सर्भिस पुनः सञ्चालनमा आउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२