close

चीनमा सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

असोज ३०, २०७८ ९:३०

चीनमा सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

काठमाडौं । पश्चिमी मुलुकमा निर्मित सामाजिक सञ्जालमध्ये हालसम्म चीनमा प्रयोग हुँदै आएको लिंक्डइन पनि बन्द हुने भएको छ । माइक्रोसफ्टले चीन सरकारको विभिन्न नीतिगत व्यवस्थाका कारण आफूहरूले लिंक्डइन बन्द गर्ने निर्णय गरेको बताएको हो ।

चीनमा फेसबुक, ट्वीटरजस्ता पश्चिमी सामाजिक सञ्जाल चल्दैनन् । यस्तोमा एकमात्र पश्चिमी सामाजिक सञ्जालको रुपमा हेरिएको लिंक्डइन पनि अब बन्द हुने भएको हो ।

केही पत्रकारको लिंक्डइन प्रोफाइल बन्द गरेको भन्दै प्रश्न उठेसँगै कम्पनी चीनमा आफ्नो सेवा दिनबाट पछि हटेको जनाइएको छ ।

कम्पनीले लिंक्डइन बन्द गरेता पनि चीनमा छुट्टै जब प्लेटफर्म ‘इनजब’ सञ्चालनमा ल्याउने जनाएको छ । तर, यसमा सोसल फिड र अरुले राखेको पोस्ट शेयर गर्ने फिचर भने उपलब्ध हुने छैन ।

‘हामीले चीनका विभिन्न माग र व्यवस्थाका कारण लिंक्डइन सञ्चालनमा निकै नै कठिनाइ भोगिरहेका छौं,’ कम्पनीले भनेकाे छ, ‘यस्तोमा लिंक्डइनलाई बन्द गरेर यहीँको स्थानीय प्रडक्टको रुपमा ‘इनजब’ प्रस्तुत गरिने छ । जसले चीनमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२