close

सर्च रिजल्टमा आफ्नै ब्राण्डका प्रडक्टलाई उत्कृष्ट भन्दै अमेजन

टेकपाना टेकपाना

असोज ३०, २०७८ ११:४५

सर्च रिजल्टमा आफ्नै ब्राण्डका प्रडक्टलाई उत्कृष्ट भन्दै अमेजन

काठमाडौं । अमेजनले सर्च रिजल्टमा अन्य ब्राण्डका उत्पादन उत्कृष्ट हुँदा हुँदैपनि आफ्नै ब्राण्डका उत्पादनलाई उत्कृष्ट भन्दै स्थान दिने गरेको एक अध्ययनले देखाएको छ ।

दि मार्क अप नामक अनसुन्धान संस्थाले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार अमेजनमा प्रडक्ट सर्च गर्दा उसकै ब्राण्डका प्रडक्ट सुरुमै आउने गरेको छ ।

अध्ययन सीमित प्रडक्टमा आधारित भएर गरिएको थियो । सानो स्याम्पलमा अध्ययन गर्दा पनि सर्च रिजल्टको पहिलो सूचीमा धेरैजसो अमेजनका प्रोडक्ट देखिएको छ ।

अध्ययनमा कुल ३४ सय चर्चित प्रडक्ट समावेश गरिएको थियो । त्यसमा ६० प्रतिशत ‘स्पोन्सर’ भनी लेवल लगाइएका छन् भने बाँकी आधामा अमेजनले आफ्ना प्रोडक्ट देखाउने गरेको पाइएको छ ।

सोही प्रोडक्टमा अन्य प्रतिस्पर्धी ब्राण्डका उत्कृष्ट तथा धेरै बिक्री भएका उत्पादन पनि बजारमा छन् । तर, त्यसलाई छाडेर सर्च रिजल्टमा ग्राहकलाई झुक्याउने गरी आफ्ना ब्राण्डका उत्पादन उत्कृष्ट भनेर देखाउने गरेको अध्ययमा उल्लेख छ ।

यो विषयलाई अमेजनाले भने खण्डन गरेको छ । कम्पनीले आफूहरुले कहिलै पनि आफ्ना ब्राण्ड तथा स्टारेका प्रोडक्टलाई फेवर नगर्ने गरेको दावी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२