close

यस्ता छन् ब्राउजरमा प्रयोग हुने महत्वपूर्ण ‘शर्टकट की’

टेकपाना टेकपाना

असोज ३०, २०७८ १०:३८

यस्ता छन् ब्राउजरमा प्रयोग हुने महत्वपूर्ण ‘शर्टकट की’

काठमाडौं । कम्प्युटरमा काम गर्दा विण्डो खोल्दा होस् वा नयाँ ट्याबमा जानुपर्दा होस्, हरेक कामका लागि हामीहरु हातले माउस घुमाइरहेका हुन्छौं । हामीलाई ख्यालै नहुँदै यस्तोमा निकै समय बर्बाद भइरहेको हुन्छ ।

आज हामी तपाईंलाई ब्राउजरका महत्वपूर्ण शर्टकट किको बारेमा बताउँदै छौं । जसलाई तपाईं गुगल क्रोम, मोजिल्ला, फायरफक्स, एज जस्ता ब्राउजरमा प्रयोग गर्न सक्नुहुन्छ ।

यी सबै शर्टकट कि एकैसाथ याद गर्न पक्कै पनि सहज नहोला । तर जब तपाईं यी शर्टकट कि प्रयोग गर्दै जानुहुन्छ, विस्तारै तपाईंलाई त्यसको बानी पर्दै जान्छ र त्यसको प्रभाव तपाईंको काम गराइमा देखिन थाल्छ ।

यस्ता छन्, ब्राउजरमा प्रयोग हुने महत्वपूर्ण शर्टकट कीहरु

१. CTRL+T: नयाँ ट्याब खोल्न

२. CTRL+W: कुनै ट्याब बन्द गर्न

३. F5: रिफ्रेश गर्न

४. CTRL+P: प्रिन्ट गर्न

५. CTRL+O: कम्प्युटरको फाइल खोल्न

६. CTRL+H: ब्राउजिङ हिस्ट्री हेर्न

७. CTRL+J: ब्राउजरको डाउनलोड हिस्ट्री हेर्न

८. CTRL+D   बुकमार्क राख्न

९. CTRL+F: खुलेको पेजमा कुनै शब्द सर्च गर्न

१०. CTRL+: जुम ईन गर्न

११. CTRL-: जुम आउट गर्न

१२. Esc: लोड भइरहेको पेजलाई बीचैमा रोक्न

१३. Alt+Home: ब्राउजरको होम पेजमा जान

१४. Alt+Tab: अर्को विण्डोजमा जान

१५. Alt+D: एड्रेस बारमा जान

१६. CTRL+1 to 8: ब्राउजरमा दायाँदेखि बायाँतर्फ रहेका ट्याबमा जान

१७. CTRL+N: नयाँ विण्डोजमा ब्राउजर खोल्न

१८. CTRL+SHIFT+O: बुकमार्क म्यानेजर खोल्न

१९. CTRL+K or E: गुगल सर्च गर्न

२०. SpaceBar: वेबपेजलाई तलतर्फ स्क्रोल गर्न

२१. Shift+SpaceBar: पेजलाई माथितर्फ स्क्रोल गर्न

२२. Home/Fn+Home: कुनै वेबपेजको सुरुमा जान

२३. End/Fn+Home: कुनै वेबपेजको अन्तिममा जान

२४. Windows+Right Arrow: ब्राउजर वा विण्डोलाई कम्प्युटरको दायाँतर्फ आधा स्क्रिनमा सीमित पार्न

२५. Windows+Left Arrow: ब्राउजर वा विण्डोजलाई स्क्रिनको बाँयातर्फ आधा पार्न

२६. Windows+ Print Screen: स्क्रिनशट लिन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२