close

यूएसएसडी कोड प्रयोग गरी आईफोनमा यसरी पत्ता लगाउनुहोस् आईएमईआई नम्बर

टेकपाना टेकपाना

असोज ३१, २०७८ ८:४३

यूएसएसडी कोड प्रयोग गरी आईफोनमा यसरी पत्ता लगाउनुहोस् आईएमईआई नम्बर

काठमाडौं । सबै आईफोन प्रयोगकर्तालाई सहज रुपमा फोन चलाउन उपयोगी कोडहरूको बारेमा थाहा नहुन सक्छ । धेरै चरण पार गरेर भेटिने अप्सन पनि एउटा साधारण कोड प्रयोग गर्दा भेटिन्छ, जसको बारेमा आईफोन प्रयोगकर्ताले थाहा पाउनु धेरै उपयोगी हुन्छ ।

विगत दुई दशकदेखि मोबाइल फोनहरूमा अनस्ट्रक्चर्ड सप्लिमेन्ट्रि सर्भिस डेटा (युएसएसडी) कोड प्रयोग भइरहेको छ । एसएसडी अर्थात तालमेल नमिलेको नम्बरहरू जसमा ह्यासट्याग (#) र एस्ट्रिक (*) प्रयोग गरिएको हुन्छ ।

यस्तो कोड सबै प्रकारका आईफोन अर्थात एस ईको सिरिजको फोन होस् वा पछिल्लो नयाँ आईफोन १३ को सिरिज सबैमा यो यूएसएसडी कोडहरू प्रयोग गर्न सकिन्छ ।

हरेक मोबाइल फोनहरूमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टी अर्थात आईएमईआई नम्बर हुन्छ । सामान्य भाषामा बुझ्नु पर्दा आईएमईआई नम्बर भनेको मोबाइलको पहिचान हो ।

आईफोन अनलक गर्नको लागि पनि आईएमईआई नम्बरको आवश्यकता पर्छ । त्यस्तै पोन हराउँदा पनि खोज्नको लागि यसले धेरै मद्दत गर्छ । सामान्य रुपमा आफ्नो फोनको आईएमईआई नम्बर पत्ता लगाउनको लागि मोबाइलको सेटिङमा गएर अन्य अप्सनहरूमा जानुपर्ने हुन्छ ।

तर यसको लागि एउटा सहज कोड उपलब्ध छ, जसको प्रयोग गरेर सजिलै आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ । यसको लागि सबैभन्दा सुरुमा *#06# डायल गर्नुहोस् ।

तर तपाईंले डायल बटन क्लिक गर्न पर्दैन । यति कोड डायल गरेपछि तपाईंको स्क्रिनमा स्वत: आईएमईआई नम्बर देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२