close

इन्स्टाग्राममा यसरी प्रयोग गर्नुहोस् एकैपटक धेरै अकाउन्ट

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १२:३९

इन्स्टाग्राममा यसरी प्रयोग गर्नुहोस् एकैपटक धेरै अकाउन्ट

काठमाडौं । इन्स्टाग्राममा एकभन्दा बढी अकाउन्ट प्रयोग गर्ने प्रचलन बढिरहेको छ । आफ्नो व्यक्तिगत अकाउन्टका साथै व्यवसाय तथा अन्य कुनै प्रयोजनका लागि एकभन्दा बढी अकाउन्ट प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।

यसकारण एकभन्दा बढी अकाउन्ट प्रयोग गर्नुपर्ने अवस्था आएमा इन्स्टाग्रामले मोबाइल एपमा यो फिचर उपलब्ध गराएको छ । जसमा तपाईंले सधैं लगईन गरिराख्नुपर्ने झन्झट पनि हुँदैन । भने, लगईन भएका सबै अकाउन्टको नोटिफिकेसन पनि आउने छ ।

यो फिचर प्रयोग गर्न पनि निकै सजिलो छ । त्यसका लागि सुरुमा आईफोन वा एन्ड्रोइड फोनमा इन्स्टाग्राम अकाउन्ट खोल्नुहोस् ।

अब सबैभन्दा तल दायाँ साइडमा रहेको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै तपाईंको प्रोफाइल खुल्नेछ । त्यसको सबैभन्दा माथि बाँया साइडमा तपाईंको युजरनेममा रहेको ‘डाउन एरो’ मा क्लिक गुर्नहोस् ।

त्यहाँ क्लिक गरेसँगै तपाईंको प्रोफाइलकाे तल ‘एड अकाउन्ट’ भन्ने अप्सन देखिने छ ।

उक्त अप्सनमा क्लिक गरी तपाईंले आफ्नो लगईन डिटेल भरी नयाँ अकाउन्ट लगइन गर्न सक्नुहुनेछ ।

लगईन भएसँगै तपाईंको अकाउन्ट इन्स्टाग्राममा थपियो । तर, अब एउटा अकाउन्टबाट अर्को अकाउन्टमा कसरी परिवर्तन हुने भन्ने विषय हो ।

त्यसका लागि सुरुमा इन्स्टाग्रामको एप खुलेसँगै सबैभन्दा तल दायाँ साइडमा रहेको ‘युजर प्रोफाइल’ हेर्नुहोस् । त्यो प्रोफाइलले कुनै अकाउन्टकाे इन्स्टाग्राम चलिरहेको छ भन्ने विषयको जानकारी दिनेछ ।

अब सोही प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् र यसअघि जस्तै प्रोफाइलको बाँया साइडमाथि रहेको युजरनेममा रहेको ‘डाउन एरो’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ देखिने अर्को अकाउन्टको प्रोफाइलमा क्लिक गुर्नहोस् । त्योसँगै तपाईं नयाँ अकाउन्टमा सिफ्ट हुनुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२