मंसिरदेखि अनलाइनबाटै त्रिविको शैक्षिक प्रमाणपत्र लिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अब शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने भएको छ ।

कार्यालयले अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पुरा गरेका विद्यार्थीको हकमा मंसिरदेखि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो ।

योसँगै प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

विश्वविद्यालयबाट हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थीले स्नातकदेखि विद्यावारिधि हासिल गर्छन् ।

उनीहरुले शैक्षिक प्रमाणपत्र लिनका लागि बल्खुनै पुग्नुपर्ने बाध्यता छ ।

योसँगै शैक्षिक प्रमाणपत्र लिन लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ ।

विद्यार्थीले शुल्कलगायतका सम्पूर्ण काम अनलाइनबाटै बुझाउनसक्ने जनाइएको छ । त्यसका लागि आवश्यक पूर्वाधार दक्ष जनशक्ति तयार गरिसकेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team