close

दुई मोडलमा एप्पलको बहुप्रतिक्षित म्याकबुक प्रो सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक २, २०७८ ११:२

दुई मोडलमा एप्पलको बहुप्रतिक्षित म्याकबुक प्रो सार्वजनिक

काठमाडौं । आफ्नो अक्टोबर इभेन्टको क्रममा गएराति एप्पलले म्याकुबक प्रो ल्यापटपका दुई नयाँ मोडल सार्वजनिक गरेको छ । हेडफोन ज्याक, एसडी कार्ड स्लट, म्यागसेफ चार्जरसहितको ल्यापटपमा टचबार हटाइएको छ ।

१४ र १६ इन्च मोडलमा उपलब्ध म्याकबुक प्रोको मूल्य क्रमशः १९९९ अमेरिकी डलर र २४९९ अमेरिकी डलर राखिएको छ ।

एप्पलले सार्वजनिक गरेको नयाँ ल्यापटपमा आईफोनमा जस्तै नच राखिएको छ ।

नयाँ ल्यापटपमा १०८० पिक्सेलको फेसटाइम क्योमरा प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

एप्पलले आफ्नो दुई नयाँ चिप पनि गएराति नै सार्वजनिक गरेको छ । एमवान प्रो र एमवान म्याक्स नाम दिइएको चिप निकै शक्तिशाली रहेको कम्पनीको दाबी छ ।

एप्पलका अनुसार एमवान प्रोमा ३३ अर्ब ट्रान्सिस्टर र एमवान म्याक्मा ७५ अर्ब ट्रान्जिस्टर प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२