close

अब फेसबुक पोस्ट सोझै इन्स्टाग्राममा पनि

टेकपाना टेकपाना

कात्तिक २, २०७८ ११:५७

अब फेसबुक पोस्ट सोझै इन्स्टाग्राममा पनि

काठमाडौं । फेसबुकले अब फेसबुकमा गरिएको पोस्ट सोझै इन्स्टाग्राममा पनि राख्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि इन्स्टाग्राममा राखिएको स्टोरिज र रिल्स फेसबुको स्टोरिजमा राख्न सकिने गरि क्रस पोस्टको सुविधा उपलब्ध थियो ।

तर, अब भने कम्पनीले त्यसलाई उल्ट्याउँदै फेसबुक पोस्टलाई नै इन्स्टाग्राममा समेत पोट गर्न सकिने बनाउने भएको हो । कम्पनीले यो फिचर भर्खरैमात्र रोलआउट गर्न थालेको हो । जसमा फोटो, भिडियो लगायतका क्रस पोस्ट गर्न सकिने छ ।

यो फिचर विशेष गरी इन्स्टाग्राम र फेसबुक दुबैमा सक्रिय रहेका प्रयोगकर्ताका लागि भने उपयुक्त हुने जनाइएको छ । किन भने एउटै पोस्टका लागि दुई फरक प्ल्याटफर्ममा पटक पटक पोस्ट गर्नुपर्ने झन्झट यसले अन्त्य गर्नेछ ।

कम्पनीका अनुसार हालसम्म यो फिचर आधिकारिक रुपमा भने सार्वजनिक भएको छैन् । तर, यो महिनाको सुरुवातबाटै सीमित प्रयोगकर्तालाई परीक्षणको रुपमा उपलब्ध गराइएको हो । यो फिचर फेसबुक अकाउण्ट र इन्स्टाग्राम अकाउण्ड लिंक भएका प्रयोगकर्ताले प्रयोग गर्न सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२