close

ग्लोबल ई-स्पोर्टस टुरमा सहभागी हुने पब्जी टिम डीआरएसलाई भायानेटको प्रायोजन

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १३:११

ग्लोबल ई-स्पोर्टस टुरमा सहभागी हुने पब्जी टिम डीआरएसलाई भायानेटको प्रायोजन

काठमाडौं । साउदी अरेबियामा आउँदो आइतबारदेखि ग्लोबल ई-स्पोर्टस टुर २०२१ हुँदै छ ।

उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुने पब्जी टिम दि रियल सोल्जर्स (डीआरएस गेमिङ) लाई इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले प्रायोजन गर्ने भएको छ ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित साउदी अरेबिया, मोरोक्को, कुवेत, लेबनान र सिरियाका पब्जी टिमबीच प्रतिस्पर्धा हुनेछ ।

एक लाख ५० हजार अमेरिकी डलर (एक करोड ८० लाख रुपैयाँ बढी) पुरस्कार राशीको प्रतियोगितामा नेपालको तर्फबाट डीआरएससँगै ट्रेन्ड टु किल (टीटुके) ले सहभागिता जनाउनेछन् ।

यसका लागि सोमबार राति डीआरएस साउदी अरेबियास्थित रियाद प्रस्थान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२