close

लगातारको वर्षापछि सुदूरपश्चिमका ७ जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १३:४३

काठमाडौं । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ जिल्लामा पूर्णरूपमा विद्युत र सञ्चार सेवा अवरूद्ध भएको छ ।

भारी वर्षासँगै बाढी र पहिरोका कारण विद्युत पोल र ट्रान्स्फर्मरमा क्षति पुगेपछि विद्युत र सञ्चार सेवा अवरूद्ध भएको हो ।

यसबाट दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा विद्युत र सञ्चार सेवा विच्छेद भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताए ।

यसबाट सुदूरपश्चिमका डोटी, डडेलधुरा, दार्चुला र कञ्चनपुर बढी प्रभावित भएका छन् । डडेलधुरामा फाइबर केबलमा समेत क्षति पुगेकाे जनाइएकाे छ ।

सञ्चार सेवा ठप्प हुँदा प्रभावित क्षेत्रमा विवरण संकलन र उद्दारका कार्य गर्नसमेत कठिनाइ भएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

फोन तथा इन्टरनेट नहुँदा बैंक तथा वित्तिय संस्था, मिडिया लगायत मारमा परेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ २१:२०