close

एनसेलको चाडपर्व अफर कात्तिक २४ सम्म, हरेक हप्ता २१ जनालाई स्मार्टफोन उपहार

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १७:१५

एनसेलको चाडपर्व अफर कात्तिक २४ सम्म, हरेक हप्ता २१ जनालाई स्मार्टफोन उपहार

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलले ल्याएको चाडपर्व योजना कात्तिक २४ सम्म सञ्चालन हुने भएको छ । ग्राहकले यो अवधिमा मलेसिया, यूनाइटेड अरब इमिरेट्स (यूएई) र साउदी अरबबाट आएको कलमा कुरा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्न सक्नेछन् ।

यो योजनाअन्तर्गत धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १–१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् ।

त्यस्तै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एउटा पाउनसक्ने एनसेलले जनाएको छ ।

योजना अवधिमा कूल ११० जना ग्राहकले स्मार्टफोन जित्न पाउनेछन् ।

योजनामा भाग लिनका लागि ग्राहकले उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्दछ ।

यस्तै, ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्ने एनसेलले जनाएको छ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र साउदी अरबको जेन मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा एकजना ग्राहकले स्मार्टफोन पाउनेछन् ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ ।

ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२